logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • स्थानिय तहका उम्मेदवारको टुंगो चैत्रभित्रै लगाउछौं : कांग्रेस प्रवक्ता महत 

    स्थानिय तहका उम्मेदवारको टुंगो चैत्रभित्रै लगाउछौं : कांग्रेस प्रवक्ता महत 

    1.8K
    Shares

    सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका छन् । नेपाल प्रेस युनियन सल्यानले आईतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । 

    अहिले पार्टी विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र  पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउदै डा. महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरुको टुंगो चैत्र महिनाभित्रै लगाउने बताएका हुन् । 

    ‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन् । निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं ।’, प्रवक्ता महतले भने । 

    उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताए । उनले भने , ‘जुन तहको उम्मेद्वारी हो , त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ ।’ कांग्रेस प्रवक्ता डा. महतले नेपाली कांग्रेसले आरम्भ गरेको ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔ’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसंग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । 

    नेता महतले यो अभियानका क्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका प्रतिनिधिहरुले गरेका काम, तीनै तहका सरकारले गरेको कामका बारेमा नागरिककाबीचमा जानकारी गराउने र नागरिकका गुनासा सुनेर पार्टीका विभिन्न निकायमार्फत तिनको समाधान गर्ने पद्धति बसाउने पनि सुनाए । 

    कार्यक्रममा कांग्रेस प्रवक्ता डा.महतले स्थानीय तहको उम्मेद्वारीको सामान्य मापदण्ड पनि सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा कांग्रेसले जित्ने लक्ष्य हुने भएकोले जो उठाउदा बढी मत आउछ त्यसैलाई प्राथमिकता दिएर उम्मेद्वारी तय गर्न उपयुक्त हुने बताए । 

    ‘माथिल्लो तहको चुनावमा सबैले सबैलाई चिनेको हुँदैन त्यसैले पार्टीगत आधारमा मतदान हुन्छ । तर स्थानीय तहको निर्वाचनमा सबले सबैलाई चिनेको हुन्छ । उसको आनीबानी,व्यहार, व्यक्तित्व, कार्य क्षमता, योग्यता सबैले जान्ने भएकोले जो उठाउदा चुनाव जितिन्छ, त्यसलाई उठाउन उचित हुन्छ ।“ , डा महतले भने । 

    डा.महतले फागुन २९ गतेदेखि सुरु भएको ‘घरघर जाऔं,कांग्रेस जिताऔं अभियान’ले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउने आधार तयार गर्ने पनि उल्लेख गरे । उनले यस अभियानमा विपक्षीहरुद्धारा स्थानीय तथा राष्ट्रिय स्तरमा उठाइएका भ्रम तथा अफवाहलाई पनि चिरिने बताए । 

    गठबन्धन आवश्यकताका अधारमा
    कांग्रेस प्रवक्ता डा. महतले आउने स्थानीय चुनावमा केन्द्रमा सत्तागठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुन्छ कि हुँदैन भन्ने बारेमा पनि धारणा राखे । उनले स्थानीय निर्र्वाचनमा स्थानीय आवश्यकताका आधारमा पनि यसको तय हुने तर गठबन्धन हुने नहुनेबारेमा नेपाली कांग्रेसको यही ११ गते बस्ने बैठकले सिद्धान्त तय गर्न सक्ने पनि बताए । 

    उनले नेपाली कांग्रेसका कार्यकर्ताहरु अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा अल्झन नहुने तर वर्तमान गठबन्धन कुन अवस्थामा बनेको होे भन्नेमा हेक्का राख्नुपर्ने सम्झाए ।  तात्कालीन ओली सरकारले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा दुई पटक विघटन गरेको, देशमा भ्रष्ट्राचार बढेको, कोरोनाले आक्रान्त नागरिकले खोप पाउन नसकेको बेलामा गठबन्धन बनेको उनले स्मरण गरे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend