काठमाडौं । श्रीलंकामा सरकारले पेट्रोल पम्पहरूमा सेना पठाउन आदेश दिएको छ । हिन्दुस्तान टाइम्सका अनुसार सरकारले सेनालाई पेट्रोल पम्पहरूमा पठाउन आदेश दिएको हो ।
अहिले श्रीलंकामा ७० वर्षयताकै सबैभन्दा खराब इन्धन संकट भइरहेको छ । मंगलबार श्रीलंकाका सयौं पेट्रोल पम्पमा सैनिक परिचालन भएका छन् । सेनाले हरेक पेट्रोल पम्पमा कम्तीमा दुई जना सैनिक खटिने जनाएको छ ।
पेट्रोल र मट्टीतेल लिन श्रीलंकामा घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ । केही दिनअघि लाइनमा उभिँदाउभिँदै दुई जना वृद्धको मृत्यु भएको थियो ।