logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • बहुचर्चित मलेसियन कार ‘प्रोटोन एक्स ५०’ नेपालमा सार्वजनिक मूल्य र फोटो फिचर सहित

    बहुचर्चित मलेसियन कार ‘प्रोटोन एक्स ५०’ नेपालमा सार्वजनिक मूल्य र फोटो फिचर सहित

    3.4K
    Shares

    काठमाडौँ-  बहुचर्चित मलेसियाली अटोमोबाइल कम्पनीले उत्पादन गरेको प्रोटोनको बहुप्रतिक्षित मोडल  ‘प्रोटोन एक्स ५०’ नेपालमा सार्वजनिक भएको छ।  

    प्रोटोनको नेपालमा आधिकारिक वितरक कम्पनी  जगदम्बा मोटर्सले बुधवार देखि  ‘प्रोटोन एक्स ५०’ को  नयाँ मोडललाई  एक बिशेष समारोहका बीच  नेपालका लागी मलेसियाका राजदुत मोहमद फद्जल अबु हसन, जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल तथा सीईयो दिपक अग्रवालले एकसाथ सार्वजनिक  गर्नु भएको हो ।

    gadi9.jpg

    बिदेशमा निकै लोकप्रिय रहेको ‘प्रोटोन एक्स ५०’ मा  १.५ लिटर टर्बोचार्ज्ड, थ्री–सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरियन्टमा टीजीडीआई ९डायरेक्ट इन्जेक्सन० टर्बोचार्ज्ड थ्री–सिलिन्डर पेट्रोल रहेको  छ।

    चालकहरुका लागि निकै सहज मानियोको यस गाडीमा टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कलाई बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने छ ।

    गाडीमा उत्कृष्ट–इन–क्लास सुविधाहरू समावेश गरिएको छ । सुरक्षालाई उत्तिकै महत्व दिईएको यस गाडीमा ६ एयरब्यागहरू, इबीएस र बीएसँग एबीएस, अटो हेडलाइट र वाइपरहरू, कीलेस एन्ट्री, अगाडि ढोका ह्यान्डलहरूमा टच सेन्सर यो सेग्मेन्टमा उपलब्ध  छन्  ।

    पुस–स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू लगायतका फिचरहरु यो गाडीमा छन् ।

    यस गाडीमा  मा सेल्फ–पार्किङ प्रणाली जडित  छ, जसले गर्दा पार्किङ स्थलहरूमा सहज बनाउन मद्दत  गर्ने छ  । 

     ‘प्रोटोन एक्स ५०’  सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका अध्यक्ष साहील अग्रवालले दुइ पाङ्ग्रे टिभीएस, चार पाङ्ग्रे प्रोटन लगायत विभिन्न ब्रान्डको अधिकृत बिक्रेता रहेको जनाउदै मलेसियाको चर्चित ब्राण्ड प्रोटन नेपालमा पनि लोकप्रिय हुने बताउनु भयो।  

    कम्पनीले नयाँ एक्स-५०को स्ट्यान्डर्ड भेरियन्टको मूल्य सरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकेको छ। प्रिमियमको मूल्य ७९ लाख ९९ हजार तोकिएको छ भने फ्लागसिप भेरियन्टको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

    कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नेपालका लागी मलेसियाका राजदुत मोहमद फद्जल अबु हसन प्रोटोन कारका बिभिन्न ब्राण्डहरु मलेसियामा जस्तै  नेपाली उपभोक्ताले पनि रुचाउने बताउनु भयो ।  

    gadi3.jpg

    त्यस्तै  जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले एक बर्षमै जगदम्बा मोटर्सले तीन वटा गाडी सार्वजनिक गरेको भन्दै मलेसियामा सबैभन्दा बढी  बिक्री भएको कम्याक्ट एसयुभी  ‘प्रोटोन एक्स ५०’ नेपाली ग्राहकहरुलाई पनि आकर्षित गर्ने बताउनु भयो। 
     
    जगदम्बाले नेपालमा २०२० देखि प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी बेच्दै आएको छ ।

    फोटो – रमेश परियार/ सुनौलो नेपाल 

    gadi10.jpg

    gadi1`1.jpg

    gadi4.jpggadi3.jpg

    gadi4.jpg

    deepak agrawal .jpg

    proton .jpg

    gadi3.jpg

    gadi2.jpg

    sahil agrawal.jpg

    proton .jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend