logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • चितवनमा कांग्रेस माओवादी गठबन्धन हुने निश्चित, देउवाले भने कांग्रेसले एक्लै जित्दैन मिल्नुपर्छ

    चितवनमा कांग्रेस माओवादी गठबन्धन हुने निश्चित, देउवाले भने कांग्रेसले एक्लै जित्दैन मिल्नुपर्छ

    3.7K
    Shares

    काठमाडाैं ।  चितवनमा नेपाली कांग्रेससंग गठबन्धन गर्ने गरी अगाडी बढ्न चाहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राहत हुने गरी काङ्ग्रेस केन्द्रीय कमिटी बैठकमा काङ्ग्रेस सभापति शेर बहादुर देउवाले अभिव्यक्ति दिएका छन्।  

    कांग्रेसको केन्द्रीय कार्य समितिको शुक्रवारको बैठक समापनमा बोल्दै सभापति देउवाले चुनावमा गठबन्धन गर्न हुँदैन भनेर  ठूला कुरा नगर्न नेताहरुलाई चेतावनी समेत दिएका छन् ।

    देउवाले म नेविसंघ सभापति हुँदादेखि चितवनबारे थाहा मलाई थाहा छ । चितवनमा कहिले कांग्रेसले कहिले जित्या छ  गठबन्धन नगर्दा चितवन जिताउने हिम्मत छ ? गठबन्धन नगर्ने हो भने फेरि हार्छ चितवन, मलाई थाहा छैन ? भन्दै आक्रोशित बनेका थिए।  

    बिहिवार मात्र चितवन पुगेका  (प्रचण्ड)ले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने भन्दै चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने समेत उनले बताएका थिए ।

    त्यसैलाई बल पुग्ने गरी  देउवाले अभिव्यक्ति दिएपछि चितवनमा कांग्रेस माओवादी गठबन्धन हुने निश्चित प्राय भएको छ।  २०७४ सालको निर्वाचनमा पनि भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धन बनेको थियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend