काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ।
शनिबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आइतबार पनि प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १को पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै सोमबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १को पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।