काठमाडौं । नेपालले दोस्रो तथा अन्तिम ओडिआई खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । अब पपुवा न्युगिनीले बलिङ गर्नेछ ।
पपुवा न्युगिनी पहिलो खेलमा ६ रनले विजयी हुँदै दुई खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ ।