logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • चिनियाँ विदेशमन्त्री वाङले गरे शिवपुरीमा हाइकिङ

    चिनियाँ विदेशमन्त्री वाङले गरे शिवपुरीमा हाइकिङ

    1.7K
    Shares

    काठमाडौँ  । चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको शिवपुरी डाँडामा हाइकिङ गरेका छन् ।

    शुक्रबार अपराह्न काठमाडौं आइपुगेका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौँको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागेका थिए।

    बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए ।

    नेपालको तीन दिने भ्रमणमा आएका उनले त्यहाँबाट होटल फर्केर समकक्षी नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तालिका छ । अघिल्लो पटक नेपाल आउँदा उनी नगरकोट हाइकिङ गरेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend