logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • जसपाका प्रमुख सचेतक प्रमोद साहमाथि सर्लाहीमा आक्रमण  

    जसपाका प्रमुख सचेतक प्रमोद साहमाथि सर्लाहीमा आक्रमण  

    2.5K
    Shares

    सर्लाही । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।

    आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल साहले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको उनले बताए । क्लबको भवन बनाउने विषयमा झडप हुँदा सांसद साहमाथि आक्रमण भएको बताइएको छ ।

    शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलवासमा फुलझरी युवा क्लब बनाउने नबनाउने विषयमा झडप भएको थियो । झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।

    साहको टाउकोमा २०÷२५ वटा टाँका लगाइएको पनि उनले बताए । घाइते भएका सांसद साह र अंगरक्षकको स्थानीय अमित हेल्थकेयरमा उपचार भइरहेको छ भने थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी रहेको रहेको उनले बताए । 

    बयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गा र भवन निर्माणको विषयमा केही दिनदेखि स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend