logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : आज राष्ट्रपतिसहित शीर्ष नेतृत्वसँग भेटवार्ता

    चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : आज राष्ट्रपतिसहित शीर्ष नेतृत्वसँग भेटवार्ता

    3.2K
    Shares

    काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्दैछन् ।

    शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच छलफल भएको थियो । उनी शनिबार बिहानै शिवपुरी हाइकिङ गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसँगको शनिबारको भेटमा ९ वटा समझदारीमा हस्ताक्षर भएको छ ।

    शनिबार नै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणासँगै साँचो हस्तान्तरणसमेत भएको छ । शनिबार साँझ साढे ७ बजे होटल द्वारिकाजमा रात्रिभोजमा विदेशमन्त्री वाङ सहभागी भए ।

    चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति भण्डारीसँग बिहान १० बजे शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्दै छन् ।

    एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हायातमा भेटवार्ताको कार्यक्रम तय भएको छ । बिहान ११ बजेपछि ओलीसँग भेट हुनेछ भने पौने १२ बजेपछि प्रचण्डसँग भेटवार्ता हुनेछ ।

    शुक्रबार नेपाल आएका वाङ चिनियाँ विशेष विमानबाट आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend