logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • रातिको ड्युटी सकाएर बल्खुबाट फर्किनेक्रममा मोटरसाईकल दुर्घटनामा परि प्रहरी जवानको मृत्यु

    रातिको ड्युटी सकाएर बल्खुबाट फर्किनेक्रममा मोटरसाईकल दुर्घटनामा परि प्रहरी जवानको मृत्यु

    2.5K
    Shares

    काठमाडौं । ललितपुरको बल्खुमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । आइतबार बिहान साढे २ बजे बल्खुबाट सातदोबाटो आउनेक्रममा मोटरसाइकल दुर्घटना भएर एक जना प्रहरी जवानको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए । 

    बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मृत्यु हुनेमा धादिङ घर भएका ३१ वर्षीय चालक नवीन न्यौपाने छन् । उनीसँगै मोटरसाइकलमा सवार अर्का प्रहरी जवान तनहुँका सुमन सिंह घाइते छन् । उनको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।  

    उनीहरू दुबै जना महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान हुन् । ‘बल्खुबाट फर्किनेक्रममा मोटरसाईकल चिप्लिएर सडकमा राखिएको बल्कमा ठोक्किन पुग्यो । पछि फेरि पोलमा ठोक्किएको देखिन्छ,’ शाहले भने, ‘आफै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ ।’

    उनका अनुसार राति ड्युटी सकेर प्रहरी जवानद्वय सातदोबाटो फर्किँदै थिए । त्यसैक्रममा दुर्घटना भएको हो । नवीनको शव पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ ।   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend