logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • १४ औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई देउवाले बेवास्ता गरे आन्दोलन गर्ने शेखर कोइरालाको चेतावनी 

    १४ औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई देउवाले बेवास्ता गरे आन्दोलन गर्ने शेखर कोइरालाको चेतावनी 

    2.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले १४ औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरे आन्दोलनमा जाने बताएका छन् ।

    चैत १४ गते आयोजित खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफलमा सहभागीहरूले संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरुलाई नसमेटिए देशभर आन्दोलन गर्ने र पार्टी सभापतिलाई घेराबन्दी गर्नेसमेत चेतावनी दिएका हुन् ।

    एक नेताले भने, ‘संसदीय समिति गठन गर्दा शेखर कोईराला समूहका वरिष्ठ नेताहरुलाई नसेमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन गछौं ।  पार्टी सभापतीलाई घेराबन्दी गर्नेछौं ।’

    कांग्रेसको भातृसंस्थालगायत आगामी तीनै तहको निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्यवस्थापन नभए विद्रोह हुन सक्ने छलफलमा सहभागी नेताहरूले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend