logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ सर्वसम्मत 

    सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ सर्वसम्मत 

    2.2K
    Shares

    काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिले मंगलबार श्रेष्ठको सुनुवाइ गर्दै उनलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो ।

    सुनुवाइको क्रममा श्रेष्ठले सर्वोच्चमा ज्यादै समस्या आएको बताए । न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्ने उनले बताए ।

    सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्छ । जसले न्यायाधीश र कर्मचारीको निगरानी अनुसन्धान र जाँच गर्छ ।’ सर्वोच्चमा मुद्दा धेरै भएकोले गर्दा न्याय ढिलो भएको उनले धारणा राखे ।

    ‘बक्यौता नियन्त्रणका लागि कि न्यायाधीश संख्या बढाउनु पर्यो, कि कार्य समय बढाउन प¥यो’, उनले भने । मुद्दा संख्या घटाउनका लागि सबै मुद्दा सर्वोच्च आउने प्रवृत्ति रोक्न जरूरी रहेको उनले औंल्याए । ‘तल्ला अदालतको क्षेत्राधिकार बढाएर पनि सबै मुद्दा सर्वोच्च अदालतमा आइपुग्नबाट रोक्नुप¥यो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend