काठमाडौं । तीन वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्युठानका एक युवकलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।
प्युठानको झिम्रुक गाउँपालिका–६ घर भई हाल तिनाउ गाउँपालिका– ५, पाल्पामा डेरा गरी बस्ने २५ वर्षीय प्रेम पुन मगरलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पुनले बालिकालाई आइतबार बेलुकी जबर्जस्ती करणी गरेको सूचना पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।