logo

२०८१ माघ १ मंगलबार

logo
  • मंगलबार, १ माघ २०८१
  • पल शाहलाई थुनामा पठाउने आदेशका प्रमाण उच्च अदालतद्धारा माग

    पल शाहलाई थुनामा पठाउने आदेशका प्रमाण उच्च अदालतद्धारा माग

    1.6K
    Shares

    काठमाडौं । उच्च अदालत पोखराले जबर्जस्ती करणी अभियोगमा अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात माग गरेको छ ।

    शाहले दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

    शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो ।

    ‘उहाँको निवेदन अनुसार आदेश दिन फुल हेयरिङ हुनुपर्छ । यो प्रारम्भिक सुनुवाइ मात्र हो,’ सूचना अधिकारी आचार्यले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend