logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • भारत भ्रमणका एजेण्डाबारे जिज्ञासामा प्रधानमन्त्रीको आएन जवाफ 

    भारत भ्रमणका एजेण्डाबारे जिज्ञासामा प्रधानमन्त्रीको आएन जवाफ 

    2.1K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने अघिल्लो दिन आज सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो । चुनावी तालेमलबारे छलफल गर्न बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डाबारे चासो राखेका थिए ।

    नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेण्डा राखेर सुझाव दिन आग्रह गरेका थिए । तर पटकपटक एजेण्डाबारे सोध्दा पनि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा मौन बसेको एक नेताले बताए ।

    त्यसपछि सत्तारुढ दलका नेताहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भूभागबारे नेपालको मत राख्न सुझाएका छन् । प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्नुपर्ने, महाकालीमा भइरहेको अतिक्रमण रोक्नुपर्ने लगायतका समस्याबारे पनि भारतीय पक्षसँग सम्वाद गर्न नेताहरुले सुझाव दिएका छन् । 

    बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दलहरुले दुई देशको सम्बन्धलाई कसरी सुदृढ बनाउने भनेर सुझाव दिएको बताए ।

    नेपाल र भारतबीच सरकार÷ सरकारको बीचमा मात्र नभई जनस्तरमा पनि सम्बन्ध रहेको भन्दै उनले भने, ‘त्यसलाई प्रगाढ बनाउने र हाम्रा विचमा देखिएका समस्याहरुलाई उच्च स्तरको राजनीतिक र कूटनीतिक माध्यमबाट हल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन यो भ्रमण सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend