logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • एआईजी बढुवामा असन्तुष्ट बनेका डीआईजी पुगे सर्वोच्च

    एआईजी बढुवामा असन्तुष्ट बनेका डीआईजी पुगे सर्वोच्च

    2.1K
    Shares

    काठमाडौं । एआईजीमा तीन जना डीआईजीहरू बढुवा भएपछि त्यसविरुद्ध दुई जना डीआईजीहरू सर्वोच्च अदालत पुगेका छन् । डीआईजीहरू घनश्याम अर्याल र  प्रकाशजंग कार्की रिट निवेदन बोकेर बिहीबार सर्वोच्च अदालत पुगेका हुन् । यद्यपि रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । 

    मन्त्रिपरिषद्को बिहीबार नै बसेको बैठकले  धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।  यसअघि बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरूले उजुरी गरेका थिए । तर, लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो ।

    बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआइजीहरु अर्याल, ईश्वरबावु कार्कीसँगै  प्रकाशजंग कार्कीले पनि लोकसेवा आयोगमा उजुरी गरेका थिए । बढुवा विरुद्ध उजुरी गर्ने डीआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।

    चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend