logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • १४ सांसदविरुद्ध एमालेले दिएको रिट ‘सुनुवाइ गर्न नमिल्ने’ मा

    १४ सांसदविरुद्ध एमालेले दिएको रिट ‘सुनुवाइ गर्न नमिल्ने’ मा

    4.1K
    Shares

    काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ ।

    न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।

    सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएको स्रोतले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend