logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • रुसी सेनाले युक्रेनको बुचा शहरमा ३ सयभन्दा बढी मानिस मारेर गाडेको युक्रेनको आरोप

    रुसी सेनाले युक्रेनको बुचा शहरमा ३ सयभन्दा बढी मानिस मारेर गाडेको युक्रेनको आरोप

    3.2K
    Shares

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आफ्नो ‘युद्ध अपराध’ को निशान लुकाउन खोजिरहेको आरोप लगाएका छन् ।

    जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा ३ सयभन्दा बढी मानिस मारिएका दाबी गरेका छन् । बुचा शहरको एउटा सडकमा सर्वसाधारणहरूको शवको डरलाग्दो तस्बिरहरूका कारण अन्तर्राष्ट्रिय समुदायले मस्कोको निन्दा गरेको छ ।

    राजधानी किभ नजिकै चार जनालाई रुसी सेनाले गोली हानेर मारेर गाडेका प्रमाण भेटिएको जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् ।

    गैरकानुनी हत्याका घटनामा पुटिनले मुद्दाको सामना गर्नुपर्ने जेलेन्स्कीले बताएका छन् । रुसले भने सबै आरोपहरू अस्वीकार गरेको छ । सार्वजनिक भएका भिडियो नक्कली भएको मस्कोको दाबी छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend