logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • ट्युसन पढ्न विहानै घरबाट निस्केकी किशोरी स्कुल पुग्न पाईनन्, बाटैमा शव फेला

    ट्युसन पढ्न विहानै घरबाट निस्केकी किशोरी स्कुल पुग्न पाईनन्, बाटैमा शव फेला

    2.3K
    Shares

    उदयपुर । उदयपुरको बेलका नगरपालिकामा–३ मा १५ वर्षीया किशोरीको शव फेला परेको छ । आज बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी १५ वर्षीया किशोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।

    स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव फेला परेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको हो ।घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘हामी घटनास्थलमै छौँ । हत्या गरेकोजस्तो देखिन्छ । थप अनुसन्धान भइरहेको छ, दाहालले भने ।

    मृतक सुनुवारको शरीरमा चोटपटक देखिएको छ । घटना रहस्यम देखिएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान थालेको छ । बुद्धचोककी ती किशोरी ट्युसन पढ्न हरेक बिहान श्री कोसी जनता उच्च माविमा जाने गर्थिन् । १० कक्षामा अध्ययनरत उनी बिहानै ट्युसन जान भनेर घरबाट निस्केकी थिइन् ।

    तर बिहान ७ बजे केही स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले किशोरीको शव जस्ताको त्यस्तै घटनास्थलमा छ । इलाका प्रहरी कार्यालयको टोलीले शव छेउछाउ कसैलाई जान दिएको छैन । शवको अवस्थाबारे समेत जानकारी दिन मानेको छैन । 

    घटनास्थल किशोरीको घरबाट करिब एक किलोमिटर पूर्वमा छ । यशोधा खोलाको डिलमा मुढामा घोप्टो परेको शवको वरिपरि प्रहरी छन् । घटना कसरी भयो, यसमा कोही जोडिएका छन् वा छैनन् भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । ‘यस्तो घटना फेसबुक, युट्युब अनि अनलाइन समाचारमा हेर्थ्यौं’, बुद्धचोकका एक स्थानीयले भने, ’हुँदाहुँदा आफ्नै गाउँमा यस्तो डरलाग्दो अपराध हुन थाल्यो । हामी सबै डराएका छौँ ।’

    घटनास्थलमा छेउमा स्थानीयवासीले नाराबाजी गरिरहेका छन् । कविताको हत्या भएको आशंका स्थानीयवासीको छ । घटनास्थलको छेउमा भेला भएका महिलाहरूले महिला हिंसा बन्द गर्, कविताको दोषी पहिचान गरी कारबाही गर् भन्दै नारा लगाइरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend