logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • चोभार बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने–काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउँछौं

    चोभार बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने–काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउँछौं

    2.9K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताएका छन् । मंगलबार चोभारस्थित नवनिर्मित बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् ।

    चोभार बन्दरगाह सञ्चालन पछि काठमाडौं अब अन्तर्राष्ट्रिय व्यापारको हब बन्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘यो बन्दरगाहले व्यापारलाई सरलीकरण र पारदर्शी बनाउने छ ।

    गुणस्तरीय व्यापर पूर्वाधारले सबैलाई लाभ पुग्नेछ । हाम्रो वैदेशिक व्यापार थप व्यवस्थित प्रतिस्पर्धात्मक बन्नेछन् ।’ प्रधानमन्त्री देउवाले भने ।

    सरकारले यस्तो पूर्वाधार मुलुकभर आवश्याकता अनुसार बनाउने प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले नेपाली वस्तु विश्व बजारमा प्रतिस्पर्धी बनाउन पनि यस्तो पूर्वाधार आवश्यक रहेको बताए ।

    उनले भने, ‘रेल आवश्यक छ तर धेरै खर्च लाग्न सक्छ । दातृ संस्थासँग सस्तो व्याज वा ग्राण्टमा रेल ल्याउने विषयमा पनि हामी सल्लाह गर्छाैं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend