काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) ले शपथ ग्रहण गरेका छन् । अपरान्ह ३ बजे नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता बन्दी आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका थिए ।
प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए ।
यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् ।