काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १५५ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर १३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये काठमाडौंमा मात्रै आठ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।