आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

पश्चिमी वायुको प्रभावले आज यी प्रदेशमा वर्षा

पश्चिमी वायुको प्रभावले आज यी प्रदेशमा वर्षा

काठमाडौं । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार प्रदेश नं १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।​ यता मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend