आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

सहज जितसँगै इन्टर दोस्रो स्थानमा उक्लियो

सहज जितसँगै इन्टर दोस्रो स्थानमा उक्लियो

एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार भएको खेलमा इन्टरले भेरोनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन निकोलो बारेला र इडेन जेकोले एक–एक गोल गरे । खेलको २२औं मिनेटमा बारेलाले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । ३०औं मिनेटमा जेकोले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

जितसँगै इन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा ३१ खेल खेलेको इन्टरले ६६ अंक जोडेको छ । पराजित भेरोना ३२ खेलबाट ४५ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend