शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

रियलको सहज जित, एट्लेटिको पराजित

रियलको सहज जित, एट्लेटिको पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फरक खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।

रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २–० अन्तरले पराजित गरेको हो । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । ​३८औं मिनेटमा क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए । जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ । पराजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अर्को खेलमा एट्लेटिको मलोर्कासँग १–० अन्तरले स्तब्ध भयो । ६८ औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए । बाँकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरेपनि सफल भएन । जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ । एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभियाको ६० अंक छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend