logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु, दाजु र बहिनी घाइते

    मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु, दाजु र बहिनी घाइते

    11.6K
    Shares

    दाङ । दाङको घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सोही दुर्घटनामा दुई जना घाइते भएका छन् । घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ जाँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका–८ बनगाउँमा शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रोहन हमालकी आमा प्रमिलाको मृत्यु भएको हो ।

    चालक रोहन र उनकी बहिनी सविना हमाल पनि घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते घोराही उपमहानगरपालिका–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राति नै मृत्यु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend