काठमाडौं । चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि ऋषि धमलालाई स्पष्टीकरण सोधेको थियो ।
धमलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई काउन्सिलले सोमबार १२ बजे बयानका लागि बोलाएको हो । नेपाल बार एसोसियनका उपाध्यक्ष रक्षा बस्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सहित आचार संहिता अनुगमन समितिले धमलाको जवाफ चित्त बुझ्दो नभएको भन्दै बयानको लागि बोलाउन सिफारिस गरेको थियो ।
धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन् । धमलाले ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाको जवाफ चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएका छन् ।