बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

हेटौंडामा लागुऔषधसहित एक जना पक्राउ

हेटौंडामा लागुऔषधसहित एक जना पक्राउ

मकवानपुर । हेटौंडामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका –७ नागस्वती बस्ने २२ वर्षीय सन्देश ब्लोनलाई नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको हो ।

लागुऔषध ट्रामा १ हजार ४० पिस, नाईट्राभेट ५ सय २५ ट्याब्लेट र कोरेक्स १० बोतलसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागुऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend