सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

गाडीको ठक्करबाट घाइते भएका ८ वर्षीय बालकको मृत्यु

गाडीको ठक्करबाट घाइते भएका ८ वर्षीय बालकको मृत्यु

दाङ । दाङमा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ का स्थानीय दिपु बस्नेतका छोरा ८ वर्षीय योगेश बस्नतेको उपचारका लागि छिमेकी देश भारतको लखनऊतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार यूपी–४२– बिटी–२४०१ नम्बरको बल्कर गाडीले शनिबार बेलुकीपख तुलसीपुर– १७ मज्गैंमा ठक्कर दिएको थियो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend