logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सरकारका मन्त्रीहरू कमाउ धन्दामा लागेका छन्, देशको अर्थतन्त्र गम्भीर मोडमा छ: पूर्वअर्थमन्त्री खतिवडा

    सरकारका मन्त्रीहरू कमाउ धन्दामा लागेका छन्, देशको अर्थतन्त्र गम्भीर मोडमा छ: पूर्वअर्थमन्त्री खतिवडा

    5.1K
    Shares

    काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले अहिले देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको बताएका छन् । मन्त्री खतिवडाले शको अर्थतन्त्र गम्भीर मोडमा पुगेको भए पनि सरकारका मन्त्रीहरू कमाउ धन्दामा लागेको बताएका हुन् ।

    अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा पनि सरकार सञ्चो मानेर बसिरहेको बताए । अहिलेको सरकारले मौद्रिक नीति पनि नल्याउँदा भुक्तानी असन्तुलन बढेको खतिवडाले बताए ।

    ‘बैंकिङ प्रणालीमा लगानीको वातावरण छैन । पैसा हराउने खेलमा सरकार लागेका कारण बैंकमा पैसा आएन । गठबन्धन टिकाउन संघदेखि प्रदेशसम्म अनेक संरचना खडा गरिएको छ । विकास मा खर्च गर्नुको साटो बजेटलाई गाडी घोडामा खर्च गरिएको छ,’ उनले भने ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend