logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संसद्को अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन निरन्तर रहन्छ: गृहमन्त्री खाँड

    संसद्को अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन निरन्तर रहन्छ: गृहमन्त्री खाँड

    4.8K
    Shares

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले संसद्को अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन निरन्तर रहने बताएका छन् । गृहमन्त्री खाँडले नेपाली कांग्रेसले बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा तीनतहको निर्वाचनसम्म सत्ता गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

    ‘स्थानीय निर्वाचनमा मात्रै होइन प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौं’, उनले भने । निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ छ ।

    ‘किनभने उहाँहरूको योगदानलाई बिर्सन हुँदैन ।’ ‘नेपाल छन्त्याल संघको सातौँ महाधिवेशनमा भाग लिन आएका गृहमन्त्रीले कार्यकर्तालाई गठबन्धनमा राजनीतिक विचार फरक भए पनि नेपालको दिगो शान्ति, संविधान लोकतन्त्रको रक्षाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउनअन्य चार दलको महत्वपूर्ण भूमिका छ’, उनले भने । “खोला तरेर लौरो नबिर्सन” म्याग्दी कांग्रेसका कार्यकर्तालाई आग्रह गर्दै गृहमन्त्री खाँडले गठबन्धन गरेर निर्वाचनमा जान निर्देशन दिएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend