logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सत्तारुढ तीन दल निकट विद्यार्थी संगठनका नेताले भने: स्थानीय तहको निर्वाचनमा युवालाई प्राथमिकतामा राख्नु

    सत्तारुढ तीन दल निकट विद्यार्थी संगठनका नेताले भने: स्थानीय तहको निर्वाचनमा युवालाई प्राथमिकतामा राख्नु

    7.4K
    Shares

    काठमाडौँ – सत्तारुढ तीन दलका विद्यार्थी संगठनको संयुक्त बैठकले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार बनाउँदा युवालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।

    आइतवार नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यालय अनामनगरमा बसेको बैठकले युवा उमेद्वारको बिषय सहित विभिन्न ५ महत्वपूर्ण प्रस्ताव पारित गरेको नेविसंघ नेता जनक चटौतले जानकारी दिए ।

    चटौतका अनुसार बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन विभिन्न दबाबमूलक कार्यक्रम गर्ने, विश्वविद्यालयले आफैले निर्माण गरेको शैक्षिक कार्यतालिका कार्यान्वयन गर्ने स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार बनाउँदा युवालाई प्राथमिकतामाराख्न आग्रह गर्ने, आगामी बजेटमा शिक्षालाई विशेष प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    साथै बैठकमा बौद्धिक जनशक्तिको पलायनलाई रोक्न नेपालमै बस्ने वातावरण निर्माणका लागि सरोकारवाला सबै पक्षलाई आग्रह गर्ने प्रस्ताव समेत पारित गरी नेतृत्वलाई बुझाउने भएको छ ।

    बैठकमा नेविसंघको तर्फबाट अध्यक्ष दुजाङ शेर्पा र नेता जनक चटौत, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको र सह–अध्यक्ष ओसिम आलम लगायतका विद्यार्थी नेताहरु उपस्थित रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend