काठमाडौं । रसुवा कन्सट्रक्सन प्रा.लि.ले आफुमाथी लागेको आरोपको खण्डन गरेको छ । करीब ८ वर्ष अघि भएको कामको सबै हिसाव चुक्ता भईसक्दा समेत अहिले आएर आफ्नो कन्सट्रक्सन माथी विभिन्न आरोप लगाएको भन्दै सरुवा कन्सट्रक्सन कम्पनीका प्रनिनिधि बाबुकाजी श्रेष्ठ सुनौलो नेपालको कार्यालय आएका छन् ।
दाङका पेटी ठेकेदार कृष्ण बहादुर खत्रीलाई विभिन्न समयमा गरी सवै हिसाव चुक्ता गरिसक्दा समेत अब वर्षौपछि पुनः रकम दाबी गर्दै खत्रीले दुःख दिएको श्रेष्ठले बताए । ‘हामीले पटक पटक गरेर सबै रकम चुक्ता गरिसकेका छौं’ उनले भने– ‘फेरी पनि अत्याधिक रकम लिन भएको भन्दै हाम्रो विरुद्ध षडयन्त्र भईरहेको छ ।’
खास कुरा यस्तो :
२०७० वैशाख २७ गते रसुवा कन्सट्रक्सन प्रा.लि.का कम्पनीका सञ्चालक उपाध्यक्ष मोहन आचार्यले खत्रीलाई प्रथम रनिङ बिल लिई रसुवा कन्सट्रक्सन कम्पनीको चेक बुझि नेपाल बैंकको खातामा रकम जम्मा गर्नका लागि अख्तियारी दिएका थिए ।
श्रेष्ठका अनुसार सल्यानको लेख पोखराको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणको दौरानमा कृष्णबहादुर खत्रीले कन्सट्रक्सनबाट २०७१ साल साउन २० गते आफ्नै स्वेच्छाले काम छोडेका थिए । काम छोडेपछि भवनमा लगानी गरेबापतको रु दुई लाख बुझिलिएको भनेर खत्रीले औठाछाप गरि प्रतिवद्धता पनि जाहेर गरेका छन् ।
अहिले पेटी ठेकेदार खत्रीले करकाप तथा गुण्डाशैलीमा औठाछाप गराउन लगाएको भनि रसुवा कन्सट्रक्सन माथी आरोप लगाएका छन् । सो आरोपबारे श्रेष्ठलाई प्रश्न गर्दा गुण्डाशैलीमा खत्रीलाई औठाछाप लगाएको ओरोप सरासर झुठो भएको बताएका छन् । यस्तो आरोपमा कुनै सत्यता नभएको उनले बताए ।
२०७३ साल असार ३० गते भवन निर्माणको क्रममा विशाल काष्ठ एण्ड सप्लायर्सको नाममा फलामे डण्डी खरिद गरेवापतको १४ लाख ६० हजार ९ सय ६७ रुपैयाँ कम्पनीको चेकबाट भुृक्तानी गरेको र १ लाख ४० हजार रुपैयाँ नगद बुझेको पत्रमा हस्ताक्षर गरेका छन् ।
‘विशाल काष्ठ एण्ड सप्लायर्सको नामबाट डण्डीको रकम १४,६०,९६७ रुपैयाँ कम्पनीको चेकबाट भुक्तानी गरेको र नगर रु १४०,००० हजार बुझिलिई आगामी दिनमा कुनै रकम लिनुछैन र छ भनेर दाबी पनि गर्नेछैन । यदि यसो गरेमा यसै कागजले बदर गरिलिनु भनि मेरो मञ्जुरी छ ।’ भनि प्रतिपद्धता पत्रमा कृष्ण खत्रीले हस्ताक्षर गरेका छन् ।
यसैगरि २०७० साल साउन २५ गते खत्रीले श्रेष्ठसगँ सापटी स्वरुप रु एक लाख रुपैयाँ नगद लिएर र उक्त नगर फिर्ता गर्नका लागि बैंक अफ काठमाडौंका रकम चेक रु एक लाखको चेक दिएको तर खातामा रकम नभएकोले हालसम्म सो चेक साट्न नपाएको श्रेष्ठ बताए ।