बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

देउवा सरकार नेपाल र नेपाली जनताका लागि बोझ भयो: उपाध्यक्ष पौडेल

देउवा सरकार नेपाल र नेपाली जनताका लागि बोझ भयो: उपाध्यक्ष पौडेल

बझाङ ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन् । सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको समेत बताए ।

‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ’, पौडेलले भने, ‘परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहान्छन् ।’

उनले आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विकासलाई निरन्तरता दिने दावी समेत गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend