बझाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले माधव कुमार नेपालको पार्टीलाई थारो भैँसीको संज्ञा दिएका छन् । बझाङको चैनपुरमा आयोजना गरिएको नेकपा एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, माधव नेपालको पार्टी थारो भैँसी जस्तै हो । उनले बनाउन खोजेको पार्टी बन्दैन । बने पनि देशको आवश्यकता अनुसारको हुँदैन । अहिलेको अवस्थामा देशमा एमालेको आवश्यकता रहेको उनले बताए ।