काठमाडौं । निर्वाचन आयोगले हालसम्म ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको जनाएको छ । आयोगको सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको जानकारी दिए ।
उनले भने, ‘छपाइ कार्य जारी छ । आयोग निर्वाचनलाई निष्पक्ष बनाउन लागि परेको छ ।’