
बझाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको बताएका छन् । बझाङको चैनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले सरकारले कानुन परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको बताए ।
अहिलेको सरकारले स्थानीय तह जनप्रतिनिधि विहीन बनाउन खोजेको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भने, ‘म आग्रह गर्न चाहन्छु, त्यस्तो प्रयास नगर्नुस्, ।’
अध्यक्ष ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् । एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उनको दाबी छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend