logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अर्थतन्त्र निर्माणमा जोड दिन उद्योगी, व्यवसायीलाई सभामुख सापकोटाको आह्वान

    अर्थतन्त्र निर्माणमा जोड दिन उद्योगी, व्यवसायीलाई सभामुख सापकोटाको आह्वान

    7.5K
    Shares

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिन उद्योगी, व्यवसायीहरलाई आह्वान गरेका छन् । रुस र युक्रेन युद्धका कारण अर्थतन्त्रमा पारेको नकारात्मक असरतर्फ सचेत गराउँदै सभामुख सापकोटाले मुलुकभित्रैको उत्पादनलाई बढावा दिई आत्मनिर्भर अर्थतन्त्रमा निर्माणमा जोड दिन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

    सोमबार नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधरण सभामा बोल्दै उनले विश्वमा देखिको असमझदारी र युद्धको कारण अर्थतन्त्रमा देखिको चुनौतीले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता औल्याएको बताए । सभामुख सापकोटाले रुस र युक्रेन युद्धको कारण विश्व अर्थतन्त्रमा नै सकस बनाएकाले आत्मनिर्भर अर्थतन्त्र आवश्यकता रहेको प्रष्ट भएको बताए ।

    सभामुख सापकोटाले मुलुकमा देखा परेको अर्थतन्त्रको चुनौतीलाई सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताए । मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि निजी क्षेत्र र सरकारबीच अन्र्तरघुलित सम्बन्ध हुनु पर्ने सभामुख सापकोटाको भनाई थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend