logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना

    पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना

    4.8K
    Shares

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भगमा आंशिक बदली रहेको छ।

    मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    यता बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। पहाडी भूभागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ। त्यस्तै बिहीबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। पहाडी भगहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend