काठमाडौं । भक्तपुरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर–९ नलिन्चोकमा वाग्मति प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिका लोसाङ डोल्मा तामाङको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका–१ का २२ वर्षका बुद्ध तामाङ र मोटरसाइकलको पछाडि बस्ने तामाङकी श्रीमती सुस्मिता इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज भएका छन् ।