सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार उठाउन देउवा सहमत

भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार उठाउन देउवा सहमत

काठमाडौं । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आसन्न स्थानीय निर्वाचनमा पनि चितवनको भरतपुर महानगरपालिका मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउन सहमत भएका छन् । सोमबार बालुवाटारमा भएको गठबन्धनको बैठकमा यस्तो सहमति भएको हो ।

कांग्रेसका स्थानीय नेतारकार्यकर्ताले मेयरमा आफ्नो पार्टीबाट उम्मेदवार हुन पाउनुपर्ने आवाज उठाइरहेका बेला कांग्रेस सभापति देउवा भने माओवादीलाई त्यो सिट दिन सहमत भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पुनः रेणु दाहाललाई टिकट दिनुपर्ने माग राखेपछि प्रधानमन्त्री देउवा सहमत भएका स्रोतले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend