logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको छ: अध्यक्ष ओली

    सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको छ: अध्यक्ष ओली

    6.1K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाउक्ँ छन् । अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको तर्क गरे ।

    नेकपा एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो चुनाव सार्ने षडयन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गरे । उनले चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालमा आफूले गरेको गल्ती दोहार्‍याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिए । स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सैह्य नहुने बताए । अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दवाव दिए ।

    अध्यक्ष ओलीले ४० करोड काण्ड बाहिरिएपछि नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले कारबाही गरेको भन्दै आपत्ति जनाए । चालिस करोड काण्डमा मिलेर खाने अर्थमन्त्री जनार्दन शर्माको योजना सफल हुन नसकेपछि गभर्नरमाथि सरकारले कारवाही चलाएको उनको निष्कर्ष थियो । अध्यक्ष ओलीले सरकार भ्रष्टाचार र कमिशनमा लिप्त भएको पनि पटकपटक दोहोर्‍याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend