logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन हो: डा. कोईराला

    अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन हो: डा. कोईराला

    7.8K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । मंगलवार काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोईरालाले यस्तो बताएका हसन् ।

    उनले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्रबैंकले छानबिन गर्न पाउने बताए । नेता कोईरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्रबैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरे । उनले विलासिताको सामान विदेशी सिञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको बताए ।

    नेता कोईरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए ।

    नेता कोईरालाले सरकारले अहिले गरेका नियुक्तिहरुमाथि पनि प्रश्न गरे । उनले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानबिरुद्ध भएको र त्यसमा समावेशी नभएको दाबी आरोप लगाए । नेता कोईरालाले नेपाल टेलिकमको प्रवन्ध निर्देशक ओम्नी काण्डमा मुछिएको व्यक्ति भएको र विवादीत व्यक्तिलाई नियुक्ति गर्नुको कारण सरकारले जनतालाई दिनुपर्ने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend