logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनताको सङ्घर्षको उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नैपर्छ: अध्यक्ष प्रचण्ड

    जनताको सङ्घर्षको उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नैपर्छ: अध्यक्ष प्रचण्ड

    8.4K
    Shares

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताए ।

    “सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो”, अध्यक्ष दाहाले भने, “अरुका लागि चुनाव हो, तर हाम्रो लागि निर्वाचन लडाईं हो ।” निर्वाचनको समय नजिक आइसकेको भन्दै उहाँले निर्वाचन भीषण तयारीमा लाग्न आग्रह गरे ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै अध्यक्ष दाहालले त्यसको वास्तविक माया माओवादीलाई मात्र भएको बताए । “अन्य दललाई परिवर्तनको माया छैन, हामी यही व्यवस्थाबाट जनताको समृद्धि होस् भन्नेमा छौँ”, उनले भने ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend