logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • देशको अधिकांश भूभागमा आंशिक बदली, वर्षाको सम्भावना

    देशको अधिकांश भूभागमा आंशिक बदली, वर्षाको सम्भावना

    3.8K
    Shares

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ। बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै बिहीबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रवार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend