आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

राप्रपा र विप्लवसँग चुनावी सहकार्य हुनसक्छ: अध्यक्ष ओली

राप्रपा र विप्लवसँग चुनावी सहकार्य हुनसक्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा र विप्लवसँग चुनावी सहकार्य हुनसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘चुनाव सार्ने गठबन्धनवालाहरूको षड्यन्त्र असफल भएको थियो, फेरि त्यही षड्यन्त्र जगाउने गरी विप्लवलाई अगाडि देखाउने हो कि भन्ने शंका उत्पन्न भएको छ,’ उनले भने ।

उनले आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त नभएको स्पष्ट पारेका छन् । ओली नेतृत्वको सरकारका कारण अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था समेत ठीक नभएको उनले बताए ।

अध्यक्ष ओलीले ९ महिना सरकारको नेतृत्व गर्दा नै अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त पारेको समेत आरोप लगाए । अहिलेको सरकारले पहिलेको सरकारका कारण यस्तो भयो भन्नु मानसिक असन्तुलनको उपज भएको उनले बताए ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend