बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

अवैध पैसासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

अवैध पैसासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट अवैध पैसासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिक कन्हैया लाललाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानतर्फको एक्स रे मेसिनमा चेक गर्दा उनको झोलाबाट एक लाख ८ हजार ५०० भारू र छ लाख ५४ हजार नेपाली रुपैयाँ लुकाएर भारत लैजान लागेको अवस्थामा पक्राउ गरेको श्रेष्ठले बताए।

घटनाबारे थप अनुसन्धान तथा कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पठाइएको जनाइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend