logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

    फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

    7.6K
    Shares

    काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । नवनियुक्ता दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे ।

    दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड ब्राण्ड कोकाकोलामा आबद्ध थिए । उनि कोकालामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, ट्रेड मार्केटिङ हेड लगायतको भूमिकामा थिए । फोनपेमा उनले विजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवद्र्धनको कार्य संहाल्नेछन् । उनको आगमनसँगै कम्पनीले थप सफलता हाँसिल गर्ने अपेक्षा गएिको छ ।

    डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend