logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • आईसीसी वरीयताको शीर्ष १० मा पर्न सफल दीपेन्द्र

    आईसीसी वरीयताको शीर्ष १० मा पर्न सफल दीपेन्द्र

    4.3K
    Shares

    काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० अलराउन्डरको वरीयतामा शीर्ष १० मा पर्न सफल भएका छन् । गत साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा दीपेन्द्र ‘म्यान अफ दी सिरिज’ घोषित भएका थिए ।

    दीपेन्द्रसिंहले शृंखलाको पाँच इनिङ्समा एक शतक र दुई अर्धशतकसहित २५५ रन बनाएका थिए । उनी शृंखलामा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।

    दीपेन्द्रले फाइनलमा पीएनजीविरुद्ध अविजित ५४ रन बनाउनुका साथै चार ओभरमा १८ रन दिएर चार विकेट लिएका थिए । शृंखलामा दीपेन्द्रले १४।२ ओभरमा एक मेडनसहित ९९ रन दिएर सात विकेट लिए । धेरै विकेट लिनेमा दीपेन्द्र चौँथो स्थानमा रहे । नेपालकै करण केसीले सबैभन्दा धेरै १३ विकेट लिए भने सन्दीपले ११ विकेट लिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend