आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको छ: प्रविधिमन्त्री पौडेल

सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको छ: प्रविधिमन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरुको अनुगमन गर्ने क्रममा बोल्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि सरकारले जोड दिइरहेको बताए ।

उनले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताए । मन्त्री पौडेलले निक्षी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा नलिइ न्युनतम शुल्कमा पढाउनुपर्ने बताए । सरकारले निजी क्षेत्रलाई पनि ध्यान दिइरहेको उनले बताए ।

उनले कम्तिमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिनेगरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री पौडेलले विद्यालय सुधार्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा रहेको भन्दै शिक्षकहरुले विशेष रुपमा ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए । उनले शिक्षक र विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य रुपमा लगाउन आग्रह पनि गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend